KarkhanaMedia
२०८३ जेठ २४ , आइतबार

‘केन्द्रमा विश्वासको मत दिएपनि प्रदेशमा दिन्नौं’ : शाही



सुर्खेत । नेपाली काँग्रेसले केन्द्रमा विश्वासको मत दिएपनि कर्णाली प्रदेशमा नदिने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताएका छन् । संविधानलाई कागजको खोस्टो बनाइरहेको टिप्पणी गर्दै । मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिनेबारेको सैद्धान्तिक छलफलमा शाहीले यस्तो बताएका हुन् ।

साथै उनले हामी सवै संविधानको विपरित हिँडिरहेको भन्दै आक्रोश समेत पोखे । उनले प्रश्न गरे, ‘प्रदेशमा एउटा मन्त्री बनाउन पनि केन्द्रको मुख ताक्ने भए प्रदेश आवाश्यक हो वा होइन ?’


‘विश्वासको मत दिन मन छ , तर म बस्ने सीट अगाडि विपक्षी दल लेखिएको छ । यस्तो अवस्थामा मैले विश्वासको मत दिनुको के अर्थ ?’ उनले भने, ‘मैले विश्वासको मत दिन त्यो लेखिएको वस्तु झिक्नुपर्छ ।’

साथै उनले मुख्यमन्त्री शर्माले मागेको विश्वासको मतको मन्तव्य गतिलो नभएको भन्दै सल्लाहकार राम्रो राख्न सुझाव समेत दिए ।

प्रकाशित मिति : २०७९ माघ ६ गते शुक्रबार