देशभर पश्चिमी न्यून चापीय प्रणालीको असर कायमै रहेकाले आज सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी भूभागमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभरका पहाडी भूभागमा सामान्य बदली रहने र तराईमा हुस्सु र कुहिरो लागेर जनजीवन प्रभावित हुने विभागको भनाइ छ ।
आज शनिबार देशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने छ । राति प्रदेश १, गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ । त्यस्तै, भोलि आइतबार पनि प्रदेश १ को पहाडी भूभागमा बदली रहने छ ।
सोहीअनुसार माघ ९ गते सोमबार मौसम देशभर सामान्यतः सफा रहने विभागले जनाएको छ । सोही दिन राति सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ ।
आज सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी भूभागमा पर्ने हिमपातले त्यस क्षेत्रमा चिसो बढाउने र तराईका जिल्लामा कायम रहने कुहिरोले जनजीवन प्रभावित हुने हुनाले चिसोबाट बच्न सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।
संवाददाता । शनिबार, माघ ०७, २०७९ मा प्रकाशित