सुर्खेत । सुर्खेत महिला जेसीजको पद हस्तान्तरण, पद स्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । शनिबार वीरेन्द्रनगर सुर्खेतमा औपचारिक कार्यक्रमका बीच यो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सर्वाधिक संलग्नता, उत्कृष्ट जेसीज पुरस्कार तथा बिभिन्न सम्मान समारोह पनि भएको थियो । सुर्खेत महिला जेसीज बर्ष २०२२ को अध्यक्ष मनिषा कौसलले बर्ष २०२३ को अध्यक्ष सिता भण्डारीलाई पद हस्तान्तरण गर्दै, जेसीजमा लागेपछि आफ्नो व्याक्तित्व विकास भएको बताईन् । साथै जेसीज भन्न पाउँदा गर्व लागेको बताउँदै जेसीजले आफ्नो नेतृत्व विकासमा महत्वपूर्ण योगदान दिएको उनको भनाई छ । अध्यक्ष पदबाट बिदा हुदै गर्दा भावुक हुदै उनले भनिन, ‘सुर्खेत महिला जेसीजले मलाई धेरै दिएको छ । एक्लैले केही गर्न नसकिने हुदा सुर्खेत महिला जेसीज २०२२ को अध्यक्ष हुदा सल्लाह, सुझाब र सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्दछु ।’
सुर्खेत महिला जेसीजको १२ औं साधारण सभाबाट सर्वसम्मत बर्ष २०२३ को अध्यक्ष बनेकी सिता भण्डारीले आफ्नो कार्यकालमा जेसीजलाई थप एक उचाईसम्म लैजाने बताईन् । साथै सबैको सहयोगको अपेक्षा गरेको पनि उनको भनाई छ ।
जेसीजले प्रत्येक बर्ष वितरण गर्ने सर्वाधिक संलग्नता पुरस्कारबाट बर्ष २०२२ को महासचिव मिना गुरुङ पुरस्कृत भएकी छन् । यस्तै उत्कृष्ट जेसीज पुरस्कारबाट कार्यकारीणी उपाध्यक्ष जेसी कमला बस्याल पुरस्कृत भएकी छन् ।
महिला जेसीजको कार्यक्रममा केन्द्रीय जेसीजका प्रमुख तथा प्रतिनिधी, बिभिन्न जेसीजका पदाधिकारी, पूर्व अध्यक्ष तथा पदाधिकारी र बिभिन्न सामाजिक कार्यमा सक्रिय व्यक्तित्वहरुको सहभागिता थियो ।
संवाददाता । शनिबार, माघ ०७, २०७९ मा प्रकाशित