सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । बिहानैदेखिको प्रतिकूल मौसमपश्चात कर्णाली प्रदेशका हिमाली जिल्लाहरु डोल्पा, जुम्ला, हुम्ला र मुगुका हिमाली तथा उच्च हिमाली क्षेत्रमा हिउँ पर्न सुरू भएको हो ।
जुम्लामा यो बर्षकै पहिलो पटक हिउँ परेको छ । लामो समयदेखि हिउँदे झरी र हिउँ नपर्दा निराश बनेका किसानहरू मंगलबार प्रतिकूल मौसमका कारण हिउँ पर्न थालेपछि खुसी भएको हुम्लाको से-फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरूङले जानकारी दिएका छन् । उनका अनुसार हिउँदे वर्षा र हिमपातले खेतिपाती र पशुपालनलाई तत्काल असर गरेको जस्तो देखिए पनि यसले राम्रो गर्ने गरेको उनको भनाइ छ ।
यस्तै जुम्लाका बिभिन्न भू-भागमा हिउँ पर्दा जनजिवन प्रभावित बनेको छ । जुम्लाका धनबहादुर रोकायाले कर्णाली मिडियालाई भने अहिले जुम्लामा हिउँ परिरहेको छ । यो बर्षकै आज पहिलो पटक हिउँ परेको हो । जसकारण मंगलबार जुम्लामा तापक्रम घटेको छ र जनजिवन प्रभावित भएको छ । यदपी हिउँ पर्दा किसान भने हर्षित भएका छन् ।
संवाददाता । मङ्गलबार, माघ १०, २०७९ मा प्रकाशित