सुर्खेत । सुर्खेतमा ५ जना दादुराका विरामी भेटिएका छन् । सुर्खेतका तिन वटा पालिकाका पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
अहिले वीरेन्द्रनगरमा तिन गुर्भाकोट र चिङगाड गाँउपालिकामा एक–एक जनामा दादुरा संङ्क्रमण देखिएको निर्देशनालयका सचुना अधिकारी पदमबहादुर केसीले जानकारी दिए । छिमेकी जिल्ला बाँकेमा दादुरको संक्रमण तिब्र भइहहेको बेला सुर्खेतमा पनि संक्रमण देखिएकाले सतर्कता अपाउन उनले सुझाब पनि दिए ।
दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुरा पुष्टी भएको केसीको भनाई छ । दादुराका विरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाँउमा परिक्षण र खोप अभियानलाई तिव्रता दिएको जनाइएको छ ।
नेपालले सन् २०१९ भित्रै दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो । तर अहिले पनि दादुराका बिरामी भेटिन थालेका छन्।
संवाददाता । बुधबार, माघ ११, २०७९ मा प्रकाशित