Karnali Media
२०८३ असार ८ , सोमबार

कर्णालीमा मन्त्रीपरिषद् विस्तार गर्ने अन्तिम तयारी

आजै मन्त्रीपरिषद् विस्तार हुने संकेत


सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रीपरिषद् विस्तार गर्ने अन्तिम तयारीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच छलफल भईरहेको छ । अहिले नेकपा एमाले र माओवादी केन्द्रबीच बैठक जारी छ ।

मुख्यमन्त्री राजकुमार शर्माले भने, ‘बैठक जारी छ । आज बेलुकासम्म मन्त्रीपरिषद् विस्तार गर्ने छलफलमा हामी जुटेका छौ ।’ उनले केही समयमा नै मन्त्रीपरिषद् विस्तार हुने संकेत गरे ।


पुष २७ गते मुख्यमन्त्री नियुक्त भएका राजकुमार शर्माले मन्त्री शर्माले पुष २८ गते सपथ लिएका थिए । सोही दिन नेकपा एमालेका वीनोद कुमार शाह र नेकपा माओवादीका केन्द्रका मंगलबहादुर शाहीले मन्त्रीको सपथ लिएका थिए । अब एमालेबाट थप २ र माओवादीबाट २ जना मन्त्री बन्नेछन् ।

प्रकाशित मिति : २०७९ माघ ११ गते बुधबार