सुर्खेत । नेपाल रेडियोलोजीकल सोसाइटीको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट कर्णाली प्रदेश कार्यसमिति चयन गरिएको छ ।
शनिबार वीरेन्द्रनगर सुर्खेतमा कर्णाली प्रदेशका समाजिक विकास मन्त्री टेकराज पछाईको प्रमुख आतिथ्यतामा भएको अधिवेशनबाट प्रदेश कार्यसमितिको सर्वसम्मत चयन गरिएको हो ।
भुपेन्द्र शाहीको अध्यक्षतामा गठन भएको ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा मान बहादुर खत्री र प्रकाश केसी, सचिवमा गजेन्द्र काफ्ले सह-सचिवमा संञ्जय थापा, कोषाध्यक्षमा महेन्द्र शर्मा (कडेल) सर्वसम्मत चयन भएका हुन् । साथै कार्यसमिति सदस्यहरुमा बेन्जु विक, रमा सिजापति, अग्र रोकाय, र मिलन अधिकारी, रहेका छन् ।
साथै अधिवेशनले दुई सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जसमा महेन्द्र कुमार वलि र मक्कर बहादुर हमाल रहेका छन् ।
संवाददाता । शनिबार, माघ १४, २०७९ मा प्रकाशित