सुर्खेत, १५ माघ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्नुपर्ने जनाएका छन् ।
दायाँबायाँ नसाेचि,नहेरि !
निर्बाचन अायाेगले फागुन २८ अगावै सम्पन्न हुने गरि राष्ट्रपतिको निर्बाचनकाे मिति घाेषणा गरेर अहिले यश बिषयमा देखिन थालेकाे संसयकाे घेरा बाट अाफूलाई समयमै बाहिर निकाल्नु संबैधानिक संस्थाकाे गरिमाकाे लागि श्रेयस्कर हुनेछ????
यश तर्फ बेलैमा ध्यान जाअाेस ???????? pic.twitter.com/Rr0f3D4MMf— Purna Bahadur Khadka (@NCPurnaKhadka) January 29, 2023
उपसभापति खड्काले लेखेका छन्, ‘दायाँवायाँ नसोची, नहेरी निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संशयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाको लागि श्रेयस्कर हुनेछ यसतर्फ बेलैमा ध्यान जाओस् ।’
संवाददाता । आइतबार, माघ १५, २०७९ मा प्रकाशित