सुर्खेत । देशको व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएको भन्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संचार जगतले देशको अवस्था परिवर्तनका मुद्दामा अग्रसर हुनुपर्ने बताएका छन्। प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश कमिटीको आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
आफु कर्णालीका जनताको कामदार भएको बताउँदै मुख्यमन्त्री शर्माले भने, ‘म कामदार हुँ, म कामदारलाई सहि तरिकाले काम दिनुहुने छ, साथै कर्णाली समृद्धिको अभियानमा पत्रकारिता जगतले सहयोग गर्नेछ । अहिलेको माग भनेकै अवस्था परिवर्तनको हो, त्यतातर्फ हामी सबै केन्द्रित हुनुपर्ने देखिन्छ। ‘ सञ्चार जगतले समस्या मात्र नभई समस्याको समाधान गर्नतर्फ केन्द्रीत हुनुपर्ने उनकाे भनाई छ ।
संवाददाता । आइतबार, माघ १५, २०७९ मा प्रकाशित