Karnali Media
२०८३ भदौ १४ , आइतबार

कर्णालीका हिमाली जिल्लामा धामीले भूकम्पको हल्ला फैलाएपछि स्थानीय रातभर सडकमा



सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा ‘भूकम्प’ आउने गलत हल्ला फैलिएपछी स्थानीय नागरिकहरु रातभर घर बाहिरै बसेका छन् । हुम्लाका एक धामीले भूकम्पको हल्ला फैलाएपछि हुम्ला, जुम्ला, मुगु लगायतका जिल्लाहरुका स्थानीय रातभर घर बाहिरै आगो तापेर बसेका हुन्।

आईतबार राती अबेरबाट फैलिएको हल्लाले स्थानीय नागरिकहरु चिसो मौसममा आगो तापेर घर बाहिर बसेका थिए । रातारात कर्णालीका हिमाली जिल्लामा भूूकम्प जाने भन्ने हल्ला व्यापक रुपमा फैलिएको थियो ।


हुम्ला जिल्ला प्रशासन कार्यालयका अनुसार हल्ला फैलाउने धामीको खोजी कार्य भइरहेको छ।

प्रकाशित मिति : २०७९ माघ १६ गते सोमबार