Karnali Media
२०८३ असार १६ , मंगलबार

जुम्लामा बहुविवाहका फरार अभियुक्त पक्राउ



जुम्ला । जुम्लामा बहुविवाह मुद्दाका फरार एकजना अभियुक्त पक्राउ परेका छन्। पातारासी गाउँपालिका ६ का लक्ष्मी विष्ट पक्राउ परेका हुन् ।

चन्दननाथ नगरपालिका १ ठिन्के भने ठाउँबाट सादा पोसाकमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको डिएसपी नरेन्द्र चन्दले बताए । प्रहरी सहायक निरीक्षक कुलबहादुर रोकायाको नेतृत्वमा खटाएको टोलीले पक्राउ गरेको थियो।


अभियुक्त बिष्टलाई जिल्ला अदालत जुम्लाको २०७८/१२/११ गतेको फैसलाअनुसार १० हजार जरिवाना सहित १० महिना २८ दिन कैद सजायको फैसला सुनाइएको थियो। फरार अभियुक्तलाई अदालत जुम्लामा पेस गरिएको छ।

प्रकाशित मिति : २०७९ माघ १६ गते सोमबार