Karnali Media
२०८३ साउन १८ , सोमबार

भेरी नदीमा र्‍याफ्टिङ पुनः सुरु



सुर्खेत । सुर्खेतको भेरी नदीमा र्‍याफ्टिङ पुनः सुरु भएको छ । गोरेटो र्‍याफ्टिङ एडभेन्चरले भेरी नदीमा र्याफ्टिङ सुरु गरेको हो ।

कर्णालीका विभिन्न क्षेत्रमा आउने पर्यटकलाई आकर्षण गर्न र पर्यटन पर्वद्धन गर्ने उदेश्यले भेरी र्‍याफ्टिङ सुरु गरेको गोरेटो र्‍याफ्टिङ एडभेन्चरले बताएको छ ।


कर्णाली नदीको सहायक नदीको रुपमा रहेको भेरी नदी र्‍याफ्टिङका लागि धेरै सम्भावना रहेको भएपनि यसको उचित प्रचार प्रसार नहुदा र स्रोत साधनको अभावले यो क्षेत्र ओझेलमा पर्ने गरेको छ ।

भेरीमा र्‍याफ्टिङ सुरु गरेर भेरी नदी आसपासका क्षेत्र र समग्र कर्णाली प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि र्याप्टिङ सुरु गरेको गोरेटो र्‍याफ्टिङ एडभेन्चरको भनाइ छ ।

प्रकाशित मिति : २०७९ चैत ३ गते शुक्रबार