Karnali Media
२०८३ कात्तिक २३ , आइतबार

कतारविरूद्ध नेपालको खराब ब्याटिङ, गुमायो ६ विकेट



एसिसी प्रिमियर कपअन्तर्गत नेपालले समूह ए को अन्तिम खेलमा कतारविरुद्ध खराब ब्याटिङ गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले २१ ओभरमा सुरुवाती छ विकेट गुमाइसकेको छ।

नेपालले चार ओभर चल्दै गर्दा दुई विकेट गुमाएको थियो। ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा २ रनमा आउट भए भने भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा आउट भए।

नेपालका सुरुवाती दुवै विकेट कतारका गयान मुनवीराले लिए।


ओपनिङ ब्याट्सम्यान आसिफ शेख १९ रन बनाएर १२.४ ओभरमा आउट भए। कप्तान रोहितकुमार पौडेल चौथो विकेटको रुपमा २७ रन बनाएर आउट भए। उनले ३६ बलमा २ चौका प्रहार गरे। १५।३ ‌ओभरमा रोहित आउट हुँदा नेपालले ४ विकेटको क्षतिमा ६२ रन बनाएको स्थिति थियो।

कुशल मल्ल पाँचौ विकेटको रुपमा १७.१ ओभरमा आउट भए। उनले ३ रन मात्र जोड्न सके। त्यतिबेला नेपालले ५ विकेटको क्षतिमा ६९ रन जोडेको स्थिति थियो। २० ओभरको अन्तीम बलमा नेपालले आफ्नौ छैटौ विकेट गुमाएको छ । सोमपाल कामीलाई कतारका आमिरले आउट गरेका हुन् ।

बलिङमा कतारका मुनवीरा र ओवाइस अहमेदले २–२ विकेट लिएका छन्। नेपालका लागि अहिले आरिफ शेख र दिपेन्द्र सिंह ऐरी ब्याटिङ गरिरहेका छन्।

प्रकाशित मिति : २०८० वैशाख १४ गते बिहीबार