Karnali Media
२०८३ असोज ३ , शनिबार

नेपाल र यूएईबीचको भोलिको खेल नि:शुल्क हेर्न पाइने



एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत भोलि हुने नेपाल र यूएईबीचको बाँकी फाइनल खेल हेर्न दर्शकले टिकट किन्न नपर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आज टिकट काटेका दर्शकलाई पहिलो प्राथमिकतामा राखेर बाँकी रहेको टिकट अन्य दर्शकलाई नि:शुल्क उपलब्ध गराइने भएको छ ।


नेपालविरुद्ध यूएईले भोलि २७.३ ओभरबाट आफ्नो ब्याटिङ थाल्नेछ । आज खेल रोकिने बेलासम्म यूएईले २७.२ ओभरमा ९ विकेट गुमााएर मात्रै १०६ रन बनाएको छ ।

भोलि हुने बाँकी खेलमा यूएईलाई रोक्न सके नेपाल एशिया कपमा छनोट हुनेछ ।

प्रकाशित मिति : २०८० वैशाख १८ गते सोमबार