Karnali Media
२०८३ साउन ९ , शनिबार

नेपाललाई जितका लागि ११८ रनको सामान्य लक्ष्य



एसीसी प्रिमियर कपको फाइनलमा नेपालको कसिलो बलिङविरुद्ध संयुक्त अरब इमिरेटस​ युएई निरीह देखिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको युएई ३३।ज्ञ ओभरमा ११७ रन बनाउँदै अल आउट भयो ।

नेपाललले जितका लागि ११८ रनको सामान्य लक्ष्य पाएको छ । सोमवार वर्षाका कारण अवरुद्ध बनेको खेल आज पुनस् खेलाइँदै छ ।

युएईका आशिफ खानले सर्वाधिक ४६ रन बनाए । त्यस्तै अर्यान लाक्राले १३, मोहम्मत वसीमले ११,जुनैद सिद्धिकीले १०, बसिल हमीदले १० रन बनाए । यसएईका बाँकी ब्याट्स्मेनले दोहोरो अंकमा रन बनाउन सकेनन् ।


नेपालका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले दुईरदुई विकेट लिए । त्यस्तै सोमपाल कामी, र गुल्सन झाले एकरएक विकेट लिए ।

आजको खेलको विजेता टोलीले भारत र पाकिस्तानलगायतका टिमसँग खेल्न पाउने छन् ।

प्रकाशित मिति : २०८० वैशाख १९ गते मंगलबार