Karnali Media
२०८३ भदौ ६ , शनिबार

ट्रफी सहित दिउँसै सुते नेपाली खेलाडीहरु (तस्बिरहरु)



नेपालले एसीसी कप क्रिकेटको उपाधि जितेर एसिया कपमा छनोट भएपछि खेलाडीहरुले लियोनल मेस्सी स्टाइलमा ट्रफीसहित तस्विर सार्वजनिक गरेका छन् । सोमपाल कामी, करण केसी र रोहित कुमार पौडेलले उक्त तस्बिर सार्वजनिक गरेका हुन् ।

नेपालका खेलाडीले ट्रफीसहित ओछ्यानमा सुतिरहेको तस्विर सामाजिक सन्जालमा राखेका छन्। यसअघि लियोनल मेस्सीले विश्वकप जितेपछि यसरी नै विश्वकप ट्रफीसहित सुतेको तस्विर सार्वजनिक गरेका थिए। मेस्सीले उपाधि जितेको भोलिपल्ट उक्त तस्विर राखेका थिए ।नेपालका खेलाडीले भने उपाधि जितेको केही घण्टामै ट्रफीसहित सुतेको तस्विर राखेका हुन्। नेपालले एसिसि प्रिमियर कपको उपाधि जितेर एसिया कपमा स्थान बनाएको छ।


 

प्रकाशित मिति : २०८० वैशाख १९ गते मंगलबार