सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ ।
आज (बुधबार) बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । सरकारले खेलाडीलाई जनही ६ लाख र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको हो ।
यस्तै, बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि बजेट सुनिश्चित् गर्ने पनि निर्णय गरेको छ।
संवाददाता । बुधबार, बैशाख २०, २०८० मा प्रकाशित