Karnali Media
२०८३ असार ५ , शुक्रबार

कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशमा वर्षाको सम्भावना



हाल सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशका तराईका थोरै भू–भाग तथा पहाडी भू(भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतस् सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभावले आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू(भागका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्का वर्षाको सम्भावना छ।

राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एक(दुई स्थानमा मेघगर्जन चट्याङ्सहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ।


भोलि बुधबार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानका साथै गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू(भागका ‍एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्का वर्षाको सम्भावना छ ।

बिहीबार आंशिकदेखि सामान्य बदली भइ कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानका साथै गण्डकी र बागमती प्रदेशका पहाडी भू(भागका ‍एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ । राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका ‍एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षा हुनेछ ।

प्रकाशित मिति : २०८० जेठ १६ गते मंगलबार