Karnali Media
२०८३ साउन ९ , शनिबार

तीर्थयात्री चढेको गाडी स्वर्गद्वारीमा दुर्घटना, ८ जनाको मृत्यु



प्युठान । स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

लु १ च ६३४५ नम्बर को ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा दुर्घटनामा परेको हो । गाडी सडकबाट तल खसेको छ । गाडीमा सवार दाङको लमही ५ का २ महिला, २ पुरुष र ४ बालबालिको निधन भएको बताइएको छ ।


दुर्घटनामा परेका गाडीका यात्रुको उद्दार गरी अस्पताल लगिए पनि उनीहरूको निधन भएको बतइएको छ ।

प्रकाशित मिति : २०८० जेठ २९ गते सोमबार