जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत एक प्रहरी निरीक्षक यतिबेला तनावमा परेका छन्। प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुवास तिमिल्सिनालाई यस्तो आपत आइलागेको हो।
उनले एक महिला प्रहरीलाई गरेको म्यासेजका कारण अहिकले छानविनको दायरामा तानिएका हुन्। उनले महिला प्रहरीलाई फिगरको फ्यान हुँ भन्दै फोटो पठाउन गरेको म्यासेजका कारण विवादमा तानिएका हुन्।
सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीले छानविनका लागि डिएसपी प्रकाश दाहालको संयोजकत्वमा समिति बनाइएको छ। इन्सपेक्टर तिमिल्सिनाले पठाएको म्यासेज ट्विटरमार्फत सार्वजनिक गर्दै उनले सुरक्षा सेवकबाट नै महिला असुरक्षित रहेको उल्लेख गरेकी थिइन्।
तिमिल्सिनाले भने आफ्नो अकाउण्ट ह्याक भएको दाबी गरेका छन्। यस विषयमा छानविन हुने कास्की प्रहरीले जनाएको छ।
घटना सार्वजनिक भए लगतै तिमिल्सिनाले कास्कीका प्रहरी प्रमुख समक्ष निवेदन दिएका छन्। उनले आफ्नो अकाउण्ट ह्याक भएको दाबी गरेका छन्। उनले आफैं छानविन गरेर कारबाही गर्न माग गर्दै निवेदन दिएको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले बताए।
संवाददाता । सोमबार, असार १८, २०८० मा प्रकाशित