Karnali Media
२०८३ जेठ २८ , बिहीबार

वडाअध्यक्ष पक्राउ परेपछी वीरेन्द्रनगर–३ को कार्यवहाक वडाअध्यक्षको जिम्मेवारी थापालाई



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं– ३ का वडाअध्यक्ष विनोदसिंह विष्ट केहिदिन अगाडी खोर्केखोला तटवन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको आरोपमा पक्राउ परेपछी कार्यवहाक वडाअध्यक्षको जिम्मेवारी शेर बहादुर थापाले पाएका छन् ।

वडाअध्यक्ष पक्राउ परेपछि धेरैदिनदेखी वडाका सेवाहरु ठप्प हुँदा नागरिक मारमा परेका थिए। बुधबार वडा सदस्य थापालाई कार्यवहाकको जिम्मेवारी दिएको हो । अब वडाअध्यक्ष विनोदसिंह विष्टलाई अदालतको फैसला नहुन्जेल उनैले वडाको सबै काम हेर्ने भएका हुन् ।

थापा नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।


सम्बन्धित समाचार

पैसा लुटेको आरोपमा वडाअध्यक्ष विष्ट पक्राउ

प्रकाशित मिति : २०८० असार २७ गते बुधबार