Karnali Media
२०८३ साउन १३ , बुधबार

चार्ज भइरहेको मोवाइलमा आएको फोन उठाउँदा करेन्ट लागेर मृत्यु



झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

गौरीगञ्ज गाउँपालिका वडा नं. १ टुनुकी ५५ वर्षीया सिला बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार खेतमा काम गर्न गएकी उनी घरमा फर्किएर चार्जमा रहेको मोवाइलको फोन उठाउन करेन्ट लागेको हो ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार ३० गते शनिबार