Karnali Media
२०८३ असोज ४ , आइतबार

युवतीहरूको ग्याङ फाइट : एकजना पक्राउ



सुनसरीको बराहक्षेत्र नगरपालिका राजावासस्थित सप्तकोशी नदी किनारमा युवतीहरूले ग्याङ फाइट गरेको भिडियो यतिबेला छरपस्ट भएको छ।

५ जनाको समूहले अन्य ३ जनालाई निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएर भाइरल बनेको छ‚ जसले समाज कता जाँदैछ भन्ने प्रश्न पनि सामाजिक सञ्जालमा कतिपयले उठाएका छन्।

कोशी किनारमा आपसमा कुटाकुट गर्दै गरेको भिडियोमा आफ्नो कुरा किन भनेको भन्दै मुक्का र लात्ती हानेको देखिन्छ।


राम्रै सम्बन्ध भएका साथीहरूलाई ५ जना युवतीले बोलाएर कुटेको पीडितका आफन्तको भनाई छ। घटना सार्वजनिक भएपछि पीडितका आफन्तले प्रहरीमा जाहेरी दिएको बताएका छन्।

जाहेरीपछि कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका-९ कि १९ वर्षकी कृति लिम्बुलाई पक्राउ गरेको छ।

उनलाई अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको सुनसरीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार राईले जानकारी दिए।

प्रकाशित मिति : २०८० साउन १ गते सोमबार