Karnali Media
२०८३ साउन १० , आइतबार

रवि लामिछानेको ‘ब्लु बस’मा रङ र रुटको समस्या



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा मोबाइल क्लिनिक चलाउन प्रयोग गरेको गाडी ना २ च ५६१६ नम्बरको एम्बुलेन्स थियो, त्यो पनि नियम अनुसार पत्रु बनाउनुपर्ने अवस्थामा पुगेको, तर पत्रु बनाउनुपर्ने एम्बुलेन्सको गैरकानुनी रूपमा रङसमेत बदलेर चलाएको सार्वजनिक भएपछि गाडी परिवर्तन गर्नैपर्ने बाध्यता आएको आएको छ ।

उनले निर्वाचन क्षेत्रमा एम्बुलेन्सलाई ‘मोबाइल क्लिनिक’ मात्र चलाएको होइन अर्को एउटा बसलाई पनि आफ्नै निर्वाचन क्षेत्रमा महिलाका लागि निःशुल्क भन्दै ‘ब्लु बस’ सेवा सुरु गरेका छन्। दुवैको रङ नीलो बनाइएको छ।


उनले दाबी गरेजस्तो ना ५ ख ३१३८ नम्बरको बस पनि समस्यारहित छैन। बसको पनि रङ परिवर्तन र रुटका सम्बन्धमा समस्या देखिएको खबर गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २०८० साउन २२ गते सोमबार