सुर्खेत । सर्जक, गायक तथा मोडेल प्रकाश शाहीको तीज गीत ‘पशुपतिमा जलहरी’ सार्वजनिक भएको छ । उक्त तीज गीत बुधबार शाहीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजपनिक गरिएको हो ।
गीतको लय शब्दसहित अभिनयको भूमिकामा आफै रहेका शाहीलाई ज्योति काफ्लेले साथ दिएकी छन् । विशेषगरी सामाजिक विकृतियुक्त मुद्दाहरुलाई गीतका माध्यमबाट व्यक्त गरिएकोले जनमानसलाई सुसचित गर्न सहयोग पुर्याएको छ । गायक शाहीले यस गीतमा मुख्यगरी भ्रष्टाचार र व्यथितिका कुराहरुलाई तीज गीत मार्फत उठान गरेका छन् ।
सुर्खेत जिल्ला निवासी सर्जक शाहीका अनुसार ‘पशुपतिको जलहरी’ बनाउदा सुन घोटाला भएको विषयबाट गीत सृजना गरिएको छ । समग्र भ्रष्टाचाका कुराहरुलाई उठान गरेको र छायांकन पनि गीतको भाव भएकोले गीतले जनमानसको मन जित्ने विश्वास व्यक्त गरिएको छ ।
उक्त गीतमा स्वर माण्डवी त्रिपाठी र प्रकाश शाही, निर्देशन निर्मल प्याकुरेल, कोरियोग्राफी अशोक बस्नेत, छायांकन अर्जुन सापकोटा, एरेन्ज विपिन आचार्य रहेको छ । त्यसमा अन्य कलाकारहरु गणेशभक्त गौतम, गणेश बस्नेत, कुमार कार्की, देवकी तिमिल्सिना, प्रकाश खत्री, गोपाल पाण्डे, प्रवीण शाही, पूर्णबहादुर भण्डारी, राम रावतलगायतको यो गीतमा अभिनय रहेको छ ।
संवाददाता । बिहिबार, साउन २५, २०८० मा प्रकाशित