Karnali Media
२०८३ असार ९ , मंगलबार

भित्री बस्त्रमा २४ ताेला सुन बाेकेकी महिला पाेखराबाट पक्राउ



पाेखरामा करिब २४ ताेला सुनसहित एक महिला पक्राउ परेकी छन् ।

काठमाडाैंबाट बस चढेर पाेखरा उत्रेकी झापा बिर्तामोड नगरपालिका– १ घर भएर हाल काठमाडौं जोरपाटी बस्ने ४५ वर्षीषा कल्पना गुरुङलाई प्रहरीले पक्राउ गरेकाे हाे ।


उनकाे साथबाट छातीमा सेतो टेपले बेरेर भित्री बस्त्रमा लुकाएकाे अवस्थामा सुनजस्तो देखिने पहेँलो बिस्कुट आकारको धातु र औँठी बरामद भएकाे हाे । बरामद सुनकाे अन्दाजी ताैल २४ ताेला रहेकाे बताइएकाे छ ।

प्रकाशित मिति : २०८० साउन २५ गते बिहीबार