सुनसरी। सप्तकोशी नदीमा ११ वर्षकै पानीको बहाव उच्च मापन गरिएको छ । आज बिहान ४ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजको ५६ वटै ढोका खोलिएको छ ।
सोमवार बिहान ६ बजेको मापन अनुसार ४ लाख ५२ हजार ७ सय १० क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमका कर्मचारी अमित यादवले बताए। यादबका अनुसार ११ वर्षकै कोशीमा पानीको उच्च बहाव मापन गरिएको छ । अहिले व्यारेजमा आवतजावत बन्द गरिएको कान्टोल रुमका अमित यादवले बताए ।
संवाददाता । सोमबार, साउन २९, २०८० मा प्रकाशित