दैलेख । दैलेखको दुल्लु नगरपालिकाले कर्णाली मिडियामा प्रकाशित भएको दुल्लु नगरपालिकाको लेखा शाखामा कर्मचारीको डान्स (भिडियो सहित) शिर्षकको समाचारमा ध्यानाकर्षण भएको भन्दै विज्ञप्ती निकालेको छ ।
विज्ञप्तीमा नगरपालिकाले लेखा शाखामा कर्मचारीहरुले गरेकोे सो डान्स कार्यबोझ र थकान महशुस कम गर्न, निद्रा हटाउनको लागि गरिएको बताएको छ । सो डान्सले नगरपालिकाको कुनैपनि मर्यादामा आँच नआउने र पदीय मर्यादा विपरित नभएको भनेको छ ।
यस्तै नगरपालिकाले उक्त भिडियो २०८० असार २३ गते विहान २ बजेर ४४ मिनेटको समयमा बनाइएको पनि बताएको छ । आर्थिक बर्षको अन्तिम भएकोले कर्मचारीहरुले रातभर बसेर काम गरेको र थकान कम गर्न यस्तो क्रियाकलाप गरेको साथै यो क्रियाकलापले कार्यालयको मान, मर्यादामा आँच नआउने बताएको छ । यो हेर्नुहोस् विज्ञप्तीतर कर्णाली मिडियामा सार्वजनिक भएको उक्त भिडियो हेर्दा कर्मचारीहरुले जस्तोसुकै मनस्थितीले उक्त डान्स गरेको भएपनि कार्यालयमा गर्न नहुने र घरकोजस्तो व्यवहार प्रस्तुत गरेको देखिन्छ । नगरपालिकाको कामले रातीसम्म बसेको भएपनि भिडियोमा कर्मचारीको सरह उनीहरुको अवस्था देखिदैन । नत उनिहरुले कार्यालयको पोशाक लागाएका छन् नत कार्यालयको परिचयपत्र नै । थकान कम गर्नकै लागि भएपनि नगरपालिका भन्दा बाहिर थुप्रै स्थान भएको र थकान तथा निद्रा हटाउने अन्य थुप्रै उपाय भएपनि कार्यालयमा यसरी डान्स गर्नु कुनैपनि कर्मचारीको मर्यादाभित्र पर्दैन र नगरपालिकाजस्तो ठाउँमा पक्कैपनि यस्ता गतिबिधीहरु सोभनिय हुँदैनन् ।
भिडियोः
संवाददाता । शनिबार, भदौ २३, २०८० मा प्रकाशित