Karnali Media
२०८३ भदौ १९ , शुक्रबार

भन्सार छलेर ल्याएको २० बोरा चिनी प्रहरी नियन्त्रणमा



भन्सार छलेर नेपाल भित्र्याएको एक टन चिनी पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले भन्सार छलेर चोरी पैठारी गरी ल्याएको चिनी बरामद गरेको हो।


२० बोरा चिनी बरामद गरिएको पर्साका प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए। उक्त चिनी प्रतिबाेरा ५० केजी रहेकाे प्रहरीले जनाएकाे छ। उनका अनुसार बरामद चिनीको मूल्य १ लाख रुपैयाँ बराबर रहेको छ।

बरामद गरिएको चिनी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८० भदौ २९ गते शुक्रबार