Karnali Media
२०८३ भदौ १९ , शुक्रबार

एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का भिड्दै



एसिया कप २०२३ को फाइनल खेल आज हुँदैछ। श्रीलङ्कामा हुने आजको अन्तिम खेलमा उपाधिका लागि भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ।

कोलम्बोको आर प्रेमादासा स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ बजे सुरु हुनेछ। आजको खेलमा भारत रोहित शर्माको कप्तानीमा मैदान उत्रने छ भने श्रीङ्का दासुन शनाकाको कप्तानीमा मैदान उत्रने छ।


भारतले हालसम्म ७ पटक एसिया कपको उपाधि जितिसकेको छ भने श्रीलङ्काले ५ पटक उपाधि उचालेको छ। भारतले ३ पटक श्रीलङ्कालाई फाइनलमा पराजित गरेको छ।

प्रकाशित मिति : २०८० भदौ ३१ गते आइतबार