Karnali Media
२०८३ भदौ २२ , सोमबार

पूर्वराजा शाहले दिए नेपाली क्रिकेट टिमलाई बधाई



एशियाली खेलकूदका अवसरमा चीनको हाङ्जाउमा टी(२० क्रिकेटका क्रममा नेपालले गरेको कीर्तिमानी प्रदर्शनका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले टिमलाई बधाई दिएका छन्।

पूर्वराजा शाहको संवाद सचिवालयका अनुसार शाहले हाङ्जाउमा नेपाली टिमले मंगोलियासँग खेल्ने क्रममा राखेको विश्वकीर्तिमानबाट आफू अत्यन्तै खुसी बनेको उल्लेख गरेका छन्।


पूर्वराजा शाहको संवाद सचिवालयले शनिबार यसबारे जानकारी गराएको हो।

प्रकाशित मिति : २०८० असोज १३ गते शनिबार