सुर्खेत । कर्णाली प्रदेशमा लागूऔषध न्यूनीकरण गर्न लालटिन अभियानको सुरुवात गरिएको छ । पछिल्लो समय बढ्दै गएको लागूऔषधलाई न्यूनीकरण गर्न लालटिन अभियानको शुभारम्भ गरिएको हो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज मंगलबार उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पुर्णबहादुर खड्का र कर्णाली प्रदेश प्रहरी प्रमुख भिम प्रसाद ढकालले सयुक्त रुपमा लालटिन बालेर यो अभियानको शुभारम्भ गरेका हुन।
कर्णालीबाट पहिकोपल्ट लागूऔषध न्यूनीकरण गर्नका लागि थालनी गरिएको लालटिन अभियान अन्य प्रदेशमा पनि उदाहरणिय र कर्णालीको लागूऔषध न्यूनीकरणमा महत्वपुर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री खड्काले यो अभियानले कर्णालीबाट लागूऔषध न्यूनीकरणको एक नयाँ सन्देश दिएको बताएका छन् । यस्तै उनले यो अभियानलाई सफल बनाउन आफ्नो र केन्द्र सरकारको सहयोग रहने बताए। यस्तै कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख भिम प्रसाद ढकालले कर्णाली प्रहरीले थालनी गरेको यश अभियानलाई सफल बनाउन सबैले सहयोग गर्न अपिल गर्दै आजैबाट लागूऔषध न्यूनीकरणको अभियान सुरुवात भएको बताए।
तस्बिरहरु:
संवाददाता । बिहिबार, असोज २५, २०८० मा प्रकाशित