आगामी १८ देखि २७ अक्टोबरसम्म हुने त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ।
ट्राइसिरिजमा ललित राजवंशीले पुनरागमन गर्दा सन्दीपले भने यसअघि नै प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए।
बुधबारदेखि सुरु हुने शृंखलामा नेपालसहित युएई र हङकङबीच प्रतिस्पर्धा हुँदै छ। १८ सदस्यीय घोषित टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन्।

नेपाली टोलीमा सोमपाल कामी, करण केसी, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख छन्। गुल्सन झा, विवेक यादव र अविनाश बोहरा पनि टोलीमा छन्।
नेपालका सर्वाधिक विकेट लिएका सन्दीपले भने अदालतमा विचाराधीन मुद्दाको सुनुवाइमा ढिलासुस्तीले आफूलाई मानसिक रूपमा कमजोर बनाएको भन्दै टिमबाट नाम फिर्ता लिएका थिए।
नेपाल टी-२० विश्वकप छनोटमा आफ्नो बलियो उपस्थिति देखाउने प्रयासमा रहेको छ।
संवाददाता । सोमबार, असोज २९, २०८० मा प्रकाशित