Karnali Media
२०८३ साउन १० , आइतबार

त्रिकोणात्मक टी–२० सिरिजको ट्रफी सार्वजनिक



नेपालको आयोजनामा हुन लागेको त्रिकोणात्मक टी–२०शृंखलाको ट्रफी सार्वजनिक गरिएको छ। नेपाल, हङकङ र यूएई सम्मिलित शृंखलाको ट्रफी नेपाल र यूएईका कप्तानले ट्रफी सार्वजनिक गरेका हुन्।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको यो शृंखला भोलि वुधबारदेखिसुरु हुँदैछ। काठमाडौंको मुलपानीमा हुने प्रतियोगिताको पहिलो खेल नेपाल र यूएईबीच हुने छ। कात्तिक २ गते नेपाल र हङकङको खेल हुनेछ।


क्यानका अनुसार सहभागी टिमले डबल राउण्ड रोबिन लिग खेल्नेछन् र शीर्ष २ टिमले फाइनल खेल्ने छन्। फाइनल खेल कात्तिक १० गते हुने छ।

प्रकाशित मिति : २०८० असोज ३० गते मंगलबार