काठमाडौँ महानगरपालिकाले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई एसएसपीमा बढुवा गरेको छ ।
हाल नगर प्रहरी उपरीक्षक (एसपी) रहेका पाण्डेलाई मंगलबार बसेको कार्यपालिका बैठकले नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुख एसएसपी हुने प्रावधान अनुसार कार्यपालिका बैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारीले प्रस्ताव गरेका ३ जना एसपीको नाममध्ये पाण्डेको नाम एसएसपीमा सर्वसम्मतिले निर्णय गरेको हो ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । मङ्गलबार, असोज ३०, २०८० मा प्रकाशित