Karnali Media
२०८३ साउन २८ , बिहीबार

प्रधानाध्यापक रुपेश सर्राफको हत्याको विरोधमा मंगलबार मधेश प्रदेशका विद्यालयहरू बन्द



बाराको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको हत्याको विरोधमा मंगलबार मधेश प्रदेशका सम्पूर्ण निजी विद्यालय बन्द हुने भएका छन् ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) को आह्वानमा मधेश प्रदेशका विद्यालयहरू बन्द हुने भएका हुन् ।

बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलको सञ्चालक तथा प्रिन्सिपल सर्राफमाथि सोमबार दिउँसो गोली प्रहार गरिएको थियो । गोली प्रहारबाट घाइते उनको उपचारको क्रममा वीरगञ्जस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो ।


 

प्रकाशित मिति : २०८० कात्तिक १४ गते मंगलबार