बाराको कलैया उपमहानगरपालिका–६ निवासी बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
प्रहरीले स्वर्णकरको हत्याको मुख्य योजनाकार तथा सूचना आदानप्रदान गर्ने कलैया उपमहानगरपालिका–६ मदरसा टोल बस्ने २२ वर्षीया राधा गुप्ता, सोही स्थानका ३४ वर्षीय जमिल अख्तर र वडा नम्बर ९ रामपुर बस्ने २६ वर्षीय रियाज अन्सारीलाई सार्वजनिक गरेको हो।
यसैगरी उनको हत्यामा संलग्न शुटर भारत बिहारको मोतीहारीका २३ वर्षीय चन्दन कुमार र मोतीहारीकै २३ वर्षीय अभिनव कुमार राजपूतलाई पनि प्रहरीले सार्वजनिक गरेको छ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
हालसम्मको अनुसन्धानमा विवाहेत्तर प्रेम सम्बन्धका कारण हत्या भएको देखिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए।
उनका अनुसार पक्राउ परेकी राधा गुप्ता विगत तीन वर्षदेखि भारत बस्ने मनोज गुप्तासँग ९विवाहित० प्रेम सम्बन्धमा रहेको र सोही विषयमा मनोज र रुपेश स्वर्णकारबीच विवाद हुँदै आएको थियो।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित