Karnali Media
२०८३ असोज १६ , शुक्रबार

सुर्खेतमा नक्कली पेस्तोल देखाएर चोरी गर्ने एक जना पक्राउ



सुर्खेत । वीरेन्द्रनगरमा नक्कली पेस्तोल देखाएर लुटपाट तथा चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतवाट खटिएको साधा पोसाकको टोलीले वीरेन्द्रनगर वजारका विभिन्न ठाउमा नक्कली पेस्तोल देखाई चोरीमा संलग्न दैलेख भगवतीमाई गाउँपालिका वडा नं ७ घर भई हाल सुर्खेत वस्दै आएका निश्चल चन्द लाई पक्राउ गरेको हो ।


विगत केही दिनदेखी वीरेन्द्रनगर वजार क्षेत्रमा पोस्तोल देखाएर लुटपाट तथा चोरीमा संलग्न भएको सुराकीका आधारमा प्रहरी हवल्दार टिकाराम आचार्यको कमाण्डमा खटिएको साधा पोशाकको प्रहरी टोलिले चन्दलाई पेस्तोल सहित विच वजारवाट नियन्त्रणमा लिएको हो । चन्दलाई थप अनुसन्धानका जिल्ला प्रहरी कार्यालय सुर्खेतमा लगिएको छ ।

प्रकाशित मिति : २०८० मंसिर २६ गते मंगलबार