सुर्खेत । सार्वजनिक यातायात जस्तै सेवा दिन भिजिट कर्णाली यातायात सञ्चालन हुने भएको छ ।
समृद्ध कर्णालीका लागि पर्यटन र पर्यटनका लागि भिजिट कर्णाली भन्ने मुल उद्देश्यले भिजिट कर्णाली यातायात सञ्चालन हुने भएको हो । यहि पौष २६ गत्तेका दिन देखि भिजिट कर्णालीका स्कारपियो गाडिहरुले सेवा दिनेछन् ।
कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उद्देश्यसहित कर्णालीलाइ पर्यटनको हब बनाई स्तरीय र भरर्दो यातायात सेवा दिन कालो नम्बर प्लेटका गाडीलाई सार्वजनिक सवारीका रुपमा सञ्चालन गर्न लागिएकोे भिजिट कर्णालीे प्रालीका अध्यक्ष प्रकाश कुमार शाहीले जानकारी दिए ।
अध्यक्ष शाहीका अनुसार एसी, हिटर, लगजरी सिटसहितका कालो नम्बर प्लेटका १८ वटा स्कारपियोहरु १ करोडको शेयर लगानीमा संचालनमा ल्याइएको छ । संचालन हुने गाडिहरु ५२ लाखदेखि ६७ लाखसम्मका गाडीहरु रहेको समेत प्रालिले जनाएको छ ।
नेपाल सरकारले तोकेको सार्वजनिक सवारी कै सहर रहने गरी भाडा दर तोकिएको छ । यस्तै सुर्खेत उपत्यका भित्र यात्रुलाई स–शुल्क घरदैलो सेवा समेत दिइने भने जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकलाई भाडामा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिने भिजिट कर्णालीले जनाएको छ ।
कर्णालीका प्रमुख पर्यटकिय गन्तव्यहरु मुगुको रारा, जुम्लाको चन्दनाथ, कालिकोटको पचालझरना, दैलेखको पञ्चकोशी, महाबुधाम, सल्यानको कुपिण्डेदह हुदै खैरावाङ्ग, जाजरकोटको खलङ्गा तथा रुकुमको खलङ्गा र मुसिकोटसम्म पुग्न चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज र स्तरिय सेवा दिन प्रालिको स्थापना गरिएको हो ।
संवाददाता । मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित