Karnali Media
२०८३ साउन ८ , शुक्रबार

माल्टा पठाइदिने भन्दै ४३ लाख रुपैयाँ ठगी गर्ने युवती पक्राउ



काठमाडौँ । माल्टामा आकर्षक रोजगारीमा पठाई दिनेभन्दै ४३ लाख रुपैयाँ उठाएर फरार भएको आरोपमा एक युवती पक्राउ परेकी छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पाल्पाको बन्गासकाली-१ स्थायी घर भई हाल काठमाडौँको स्वयम्भू बस्दै आएकी ३० वर्षीया मायादेवी रानालाई पक्राउ गरेको छ।


प्रहरीका अनुसार रानाले मासिक एक लाख ५० हजार रुपैयाँ पारिश्रमिक हुने भन्दै जान ८ लाख रुपैयाँ लाग्ने भनेर पैसा उठाएकी थिइन्।

रानालाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको छ।

प्रकाशित मिति : २०८० माघ २ गते मंगलबार