सुर्खेत । कृषि विकास बैंक कर्मचारी संघ नेपाल कर्णाली प्रदेश समिति सुर्खेतको आयोजनामा शनिवार वीरेन्द्रनगरको पिपलचौतारा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
खुल्ला रक्तदानमा २५ जना बढिले रक्तदान गरेका छन् । प्रदेश समितिका अध्यक्ष सुमन रिजालको अध्यक्षतामा भएको कार्यक्रममा कृषि विकास बैंक लिमिटेड, प्रदेश कार्यालय सुर्खेतका निर्देशक डा. सुरोज टण्डन, कर्णाली प्रदेशमा सबै भन्दा बढी ८१ पटक रत्तदान गर्ने प्रवाश कुमार शाक्य समेतले सयुक्त रुपमा रक्त संकलन व्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ भएको थियो ।
कार्यक्रममा सुर्खेत स्थित कृषि बिकास बैंकका कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो । खुल्ला रक्तदानमा बिभिन्न क्षेत्रका रक्तदाताहरुले रक्तदान गरेका थिए । साथै कार्यक्रममा कर्णाली प्रदेशमा सबैभन्दा धेरै ८१ औं पटक रत्तदान गरेका प्रवाश कुमार शाक्य लाई कृषि बिकास बैंक कर्मचारी संघ नेपाल कर्णाली प्रदेश समितीले सम्मान समेत गरेको छ ।
संवाददाता । शनिबार, माघ ०६, २०८० मा प्रकाशित