Karnali Media
२०८३ भदौ २२ , सोमबार

नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित



आइसिसी यू-१९ विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। दक्षिण अफ्रिकाको इस्ट लन्डनमा आइतबार भएको समूह ‘डी’ को खेलमा नेपालमाथि न्युजिल्यान्डले ६४ रनको  जित हात पारेको हो।

न्युजिल्यान्ड दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा २३८ रन मात्र जोड्न सक्यो।

न्युजिल्यान्डविरूद्ध नेपालका ओपनिङ ब्याटर अर्जुन कुमालले ९० रन बनाउँदा अरु ब्याटर चल्न सकेनन्। नेपालका लागि अर्जुनले कठिन परिस्थितिमा इनिङ्ग्स सम्हालेका थिए।


९० रन जोडेसँगै अर्जुन यू-१९ विश्वकपको एकै खेलमा सर्वाधिक रन बनाउने नेपाली ब्याटरको सूचीमा दोस्रो स्थानमा पुगे। अर्जुनले सन् २००४ मा कनिष्क चौगाईले प्रहार गरेको रन जति नै आइतबार न्युजिल्यान्डविरुद्ध बनाए। चौगाईले पपुवा न्युगिनीविरुद्ध नटआउट ९० रन जोडेका थिए।

समूहमा अब नेपालले बुधबार पाकिस्तान र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ।

प्रकाशित मिति : २०८० माघ ७ गते आइतबार