सुर्खेत । रास्ट्रीय स्वास्थ्यकर्मी संघ नेपाल कर्णाली प्रदेश कमिटी सदस्य चेतन जैसी ले एमसीसी जस्तो नेपाललाई कुठाराघात गर्ने र द्वन्द्वको भुमरीमा होम्ने सम्झौता अनुमोदन गराउन कम्मर कसेर लागेको र यति सम्झौता गरेमा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत यसमा संलग्न सबैको नाम इतिहासमा कालो अक्षरले लेखिने बताएका छन् ।
सदस्य जैसी लेभने, “एमसीसी सहयोगका नाममा आएको अमेरिकी पासो हो यो अहिले निल्नु र ओकल्नु भएको छ । यो हात्तीको देखाउन दाँत मात्र हो । अमेरिकाले नेपाललाई आफ्नो नियन्त्रणमा ल्याएर चीन विरोधीमा मोर्चा संलग्न गराउन खोजेको छ ।
यो उसको आफ्नो विरोधीको विरुद्धमा प्रयोग गर्ने डिजाइन हो । नेपालको शान्ति र स्थिरतालाई खलबलाउने प्रयत्न हो । यो नेपालको विकासको बाधक छ ।”
सिर्ष बीच एमसीसीजस्तो राष्ट्रघाती सम्झौता हुनु दुःखद भएको पनि उनले औंल्याए ।
जैसी ले भने, “ महाकाली सम्झौता गण्डकी सम्झौता गर्ने देउवा नै हुन् । तिनीहरुलाई माधव नेपालले पनि साथ दिएका थिए । हाम्रो अनुरोध छ, पास नगर्नुस् । अन्यथा हाम्रो विरोध जारी रहन्छ ।”उनले भने, “एमसीसी राष्ट्रघाती सम्झौता हो यस्तो रास्ट्रलाई कमजोर बनाउने खालको सम्झौता गर्नुहुदैन तुरुन्तै फिर्ता गर्नुप्रछ ।
संवाददाता । शुक्रबार, फागुन ०६, २०७८ मा प्रकाशित