Karnali Media
२०८३ असार ८ , सोमबार

मुगुमा गएरातिबाट हिमपात



तस्बिरः भरतबन्धु थापा

कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा हिमपात भइरहेको छ । मुगु पनि गएरातिदेखि हिमपात सुरु भएको छ।

केही दिनयता अत्यधिक चिसो बढेपछि बुधवार रातिदेखि मुगुमा वर्षासँगै हिमपात सुरु भएको हो।

नेपालकै ठूलो र गहिरो ताल रारामा अहिले बिहान ७ बजेसम्म करिब १ फिट हिउँ परिसकेको रारा राष्ट्रिय निकुञ्ज कार्यालय, मुगुका निमित्त वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले बताए।


विशेषगरी रारालगायत मुगुका उच्च स्थानमा भारी हिमपात भएको छ। मुर्माटप, चुचेमारा, घुच्ची, ताल्च, चंखेली, लखु, मुन्दु, लिउडी, बाम घट्टललेक, तलिलेक, सोरूकोट, चाक्पाँडे र करानका उच्च हिमाली भेगमा हिमपात भैरहेको छ।

माघ महिनाको तेस्रो हप्तामा भए पनि हिमपात सुरु भएपछि खेतीपाती गर्ने कृषकलगायत स्थानीय बासिन्दाहरूलाई राहत मिलेको छ।

प्रकाशित मिति : २०८० माघ १८ गते बिहीबार