Karnali Media
२०८३ साउन २८ , बिहीबार

दिप प्रज्वलन गरि सुर्खेत महिला जेसीजले मनायो प्रजातन्त्र दिवस



सुर्खेत । सुर्खेत महिला जेसीजले दिप प्रज्वलन गरेर प्रजातन्त्र दिवस मनाएको छ । सोमबार प्रजातन्त्र दिवसको अवसरमा सुर्खेतको भानु पार्क ९डिएनपी०मा दिप प्रज्वलन गरी मनाएको हो ।

नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र ल्याउन योगदान गर्ने शहीदको सम्झना गर्दै दीप प्रज्वलन गरिएको सुर्खेत महिला जेसीजका अध्यक्ष मिना गुरुङको भनाइ छ । देशमा प्रजातन्त्र वहाली भएको इतिहासलाई सम्झना गरेर सुर्खेत महिला जेसीजले प्रत्यक वर्ष प्रजातन्त्र दिवसमा दिप प्रज्वलन गर्दै आएको छ ।


दिप प्रज्वलन कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सीता भण्डारी, सुर्खेत महिला जेसीजका संस्थापक महासचिव ज्योति कार्की पौडेल, सुर्खेत महिला जेसीजका पुर्व अध्यक्षहरु तथा बोर्डका सदस्य तथा सम्पुर्ण पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८० फागुन ७ गते सोमबार