Karnali Media
२०८३ साउन ७ , बिहीबार

स्टाफ नर्सको हत्या प्रेमीले गरेको आशंका



विराटनगरको नोबेल अस्पतालमा कार्यरत २२ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या उनकै प्रेमीले गरेको नेपाल प्रहरीले आशंका गरेको छ ।

सिरहाको फुल्काहकट्टी घर भएकी नर्स चन्द्रिका विराटनगर महानगरपालिका–४ बुढाथोकी मार्गस्थित डा धीरेन्द्र गिरीको घरमा दुई महिना अगाडि भाडामा बस्ने गरेकी थिइन् । शुक्रवार दिउँसो हत्या भएको अवस्थामा उनको शव बाथरुममा भेटिएको थियो ।

दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको चोट रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

हत्यापछि बाथरुममा शव फालेर कोठाको चाबी बाहिरबाट लगाइ हत्यामा संलग्न व्यक्ति फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।


‘हत्या संलग्न भएका व्यक्तिले चाबी चन्द्रिकाका साथीलाई दिएर फरार भएको पाइएको छ,’ अनुसन्धानमा संग्लग्न एक प्रहरी अधिकारीले भने ।

उनी २९ फागुनमा सिराहादेखि विराटनगरमा आएको देखिएको प्रारम्भिक अनुसन्धानमा देखिएको घटनाको अनुसन्धान गर्दै आएको पाइएको ती प्रहरी अधिकारीले बताए ।

प्रेममा खटपट भएपछि हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

प्रकाशित मिति : २०८० चैत २ गते शुक्रबार