सुर्खेत । सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न स्थानमा वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।
‘आफ्नो पैसाको रक्षा गरौँ, आफ्नो भविष्यको सुरक्षा गरौँ ’ भन्ने विश्वब्यापी नारालाई आत्मसाथ गरी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम संचालन गरिएको हो ।
वीरेन्द्रनगरको एरिचोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको शाखाबाट ब्रान्च म्यानेजर खगेन्द्र मल्लको नेतृत्वमा वीरेन्द्रनगर १० मा रहेको सुर्यादय बोर्डिङ स्कुलमा, सुर्खेतको गुर्भाकोट नगरापालिका वडा नम्बर ९ मा रहेका बैंकको शाखाबाट ब्रान्च म्यानेजर रञ्जीत भट्टको नेतृत्वमा साहार ईङ्लीस बोर्डिङ स्कुल र सल्यानको बनगाड कुपिण्डेमा रहेको बैंकको शाखाबाट ब्रान्च म्यानेजर विष्णु कुमारी थापाको नेतृत्वमा श्री त्रिभुवन जनता माबी सल्लीबजारमा वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको हो ।
???????????????????????? ???????????????????? ????????????????-???????????????? को अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न शाखामार्फत देशभरका विभिन्न स्थानमा वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम संचालन गरेको छ
संवाददाता । शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित