Karnali Media
२०८३ असोज २ , शुक्रबार

होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोसीमा बेपत्ता



विराटनगर । होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोशीमा डुबेर बेपत्ता भएका छन् । उनीहरू रङ खेलेर नुहाउन सुनकोसी गएकोमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

बेपत्ता हुनेहरूमा उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर १४ साउनेका मोहनबहादुर मगरका १२ वर्षीय छोरा लोकबहादुर मगर, केदार मगरका नौ वर्षीय छोरा रिदम मगर र रुद्र पुलामी मगरका १२ वर्षीय छोरी रेखा मगर रहेका छन्।


उनीहरूसँगै कोसीमा डुबेका रुद्र पुलामी मगरका छोरा लोकचन्द्र मगर र हरिबहादुर मगरका छोरी प्रश्ना मगरलाई भने स्थानीयले उद्धार गरेका छन्। प्रहरी टोलीले सुनकोसीमा डुबेर बेपत्ता बालबालिकाको खोजी गरिरहेको छ।

प्रकाशित मिति : २०८० चैत ११ गते आइतबार