हुन त म पनि बिबाहित नै हो एकदिन मैले उनिसङ्ग सोधे – म प्रती यति धेरै प्रेम किन ? उनले भनिन् “प्रेम त मलाई मेरो श्रीमान सङ्गै गर्छु तर तिमिलाई त मन मात्रै पराउँछु ।”
ओहो, मैले त आजसम्म प्रेम गर्नु र मन पराउनु उस्तै सोचेको थिए ! मैले उनलाई भने, फेरि उनले उदाहरण दिदै भनिन् – “खान त हामी सधै भात र रोटी नै खान्छौं तर कहिलेकाही बजारको पिज्जा,बर्गर जस्ता चिज पनि त खान्छौ नि ।”
म अलमल्ल परे , उनले मलाइ बजारिया सम्झिए झैं लाग्यो फेरि सोचें मन त मैले पनि पराउछु पिज्जा, बर्गर फेरि उसले भनेको कुरा कसरी नराम्रो मान्न सक्थें। उस्ले फेरि भनी – पिज्जा, बर्गर जति नै मन परेपनी त्यसलाई सधै पायक पर्दा ,भोक लाग्दा खान सकिदैन।
मौका पारेर चाडपर्वमा अवसर मिल्ला तर हामिले भात रोटीको स्थान अगाडि नै राख्नु पर्छ। पिज्जा, बर्गर जस्ता कुरा खाने हो तर सबै कुराको अवस्था हेरेर…. म एकनासले सुनिमात्रै रहें उनले फेरि भनिन – मेरो लागि तिमी पिज्जा,बर्गर अनि म तिम्रो लागि मलाई भात रोटी नसम्झनु .. कुरा हुँदै थियो उनले एक्कासी ए फोन राख श्रीमान आउनु भो भनिन् । मैले फोन काटेको मात्रै के थिएं , बाहिरबाट श्रीमती को आवाज आयो …. अनि मनमनै सोचे – पिज्जा, बर्गर सधै कहाँ पाउनु भो आजलाई भात रोटी नै खान्छु । अनि भन्नुस् तपाईंलाई पिज्जा बर्गर कत्तिको मनपर्छ ।
-हावा लेखक
हावा लेखक । शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित