Karnali Media
२०८३ असार १ , सोमबार

कर्णाली सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५० लाख उपलब्ध गराउने



सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ

गत साता आएको बाढी तथा पहिरोबाट प्रभावितहरुको राहतका लागि कर्णाली प्रदेश सरकारले कोषमा सहयोग रकम दिने निर्णय गरेको हो ।


मंगलबार बसेको मन्त्रिपरिषदको वैठकल काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै सहयोग रकम उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी दिए।

प्रकाशित मिति : २०८१ असोज १५ गते मंगलबार